कोरोना बीमाको नौ अर्ब निकासाको लागि अर्थ समितिमा छलफल हुने

२० भाद्र २०७८, आईतवार ०९:३९

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी बापत सरकारले व्यहोर्ने भनिएको करिब नौ अर्ब रुपैयाँ दायित्व बापतको रकम निकासा गर्न प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफल हुने भएको छ । अर्थ समितिले अर्थमन्त्रालय, बीमा समिति र सरोकारवालासँग छलफल गर्न लागेको हो ।

सरकारले संसद बैठक समेत आह्वान गरेको तथा अधिकांश सांसदहरु काठमाडौं फर्कने क्रममा रहेका छन् । अर्थ समितिका अनुसार कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा अबको केही दिनमा छलफल हुनेछ । ठूलो रकम सरकारको नाममा दायित्व बाँकी रहेको तथा ६० हजार भन्दा बढि बीमितको फाइल प्रमाणिकरण भइसक्दा समेत भुक्तानी नपाउने अवस्था सिर्जना भएपछि अर्थ समितिमा छलफल गर्ने योजना बनाएको अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बीमापोष्टलाई जानकारी दिए ।

कोरोना बीमामा उत्पन्न भएको दायित्व सरकारले व्यहोर्न नमानेपछि पछिल्लो पटक बीमा समिति समेत अर्थ समितिको सहयोगमा दावी भुक्तानीको लागि रकम निकासा गर्न पहल गरिरहेको छ । कोरोना बीमा २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको महामारीविरुद्धको बीमा पोलिसी हो । बीमा समितिले नेपालको बीमा इतिहासमा पहिलो गैर कानुनी तथा बीमाको सिद्धान्त विपरितको बीमा पोलिसी बिक्री गर्न अनुमति दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*