बढ्यो पुँजी बजारः कारोबार ५ अर्ब ३४ करोड, ठुला लगानीकर्ता बजार प्रवेश गरिरहेका हुन् ?

१२ कार्तिक २०८१, सोमबार १५:०६

काठमाडौँ । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । केहि दिन यता निरन्तर घटेको बजार आज भने दोहोरो अकंले बढ्न सफल भएको हो । आजको सुधारले लगानीकर्ताको उत्साह थपेको छ ।

राजनीति अस्थिरता र तिहारको लागि बिक्री दबाब बढ्दा बजार माथि उठ्न सकेको थिएन । दुबै दबाब अब घट्दा बजारले आफ्नो लय समालेको जानकारहरु बताउँछन् । सरकार स्थायित्वका लागि सत्तापक्षका दलहरुबीच सहमति भएको हुँदा अब भने लगानीकर्ताको मनोबल सुधार भएको अपेक्षा गरिएको छ ।

यता, नेप्सेमा सूचीकृत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरि रहेका छन् । जसमा अधिकांश कम्पनीहरु बलियो रुपमा देखिन थालेका छन् । कम्पनीहरुको लाभांश सिजन समेत चलि रहेको छ । जसले बजार माथि उठ्न थप बल पुराउँदै आइरहेको छ ।

अर्थतन्त्र समेत लयमा फर्कि रहेको छ । शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक छन् । नियामक निकायहरु समेत बजारलाई लिएर जिम्मेवार नै रहेको बेला अब बजारले गति लिने विश्वास आम लगानीकर्ताहरुको रहेको छ । ठुला लगानीकर्ता अहिले बजार प्रवेश गर्दा बजारमा रौनक देखिन थालेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको ३.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*