तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ अर्ब माथि, सलिको सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

१२ कार्तिक २०८१, सोमबार १४:४८

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल कायम रहेका १४ निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।

सर्वाधिक धेरै ब्यवसाय गर्नमा सगरमाथा लुम्बिनी पहिलो नम्बरमा रहेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, धेरै ब्यवसाय गर्ने दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले १ अर्ब १७ करोड र तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब १२ करोड कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हिमालयन एभरेष्टले ९१ करोड, आइजिआई प्रुडेन्सियलले ९० करोड, नेको इन्स्योरेन्सले ८९ करोड, दि ओरिएन्टलले ८३ करोड, एनएलजीले ७५ करोड, युनाइटेड अजोडले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड, सानिमा जिआईसीले ५८ करोड, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड, प्रभु इन्स्योरेन्सले ४७ करोड र नेशनल इन्स्योरेन्सले ४१ करोडको ब्यवसाय गरेको हो ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको विवरणमा आधारित

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*