जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक १४ गते हुने

१२ कार्तिक २०८१, सोमबार १२:२६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक १४ गते अर्थात बुधबार सञ्चालन गर्ने भएको छ । सो परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम लुम्बिनी प्रदेशले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*