प्रथम त्रैमासमा जीवन बीमा कम्पनीः प्रथम बीमाशुल्क वृद्धि, नविकरणमा गिरावट, समग्र व्यवसाय कस्तो रह्यो? (तथ्याङ्क सहित)

१२ कार्तिक २०८१, सोमबार ११:५१

काठमाडौं । प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको सम्रग व्यवसायमा ०.६८ प्रतिशतको मात्रै सुधार देखिएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमा शुल्क आर्जन १२ दशमलव २० प्रतिशतले बृद्धि भएको छ भने नविकरण बीमा शुल्क आर्जन भने ३.४० प्रतिशतले घटेको छ ।

बीमापोष्टले समिष्टगत गरेको तथ्यांकमा सरकारले अनिवार्य गरेको प्रथम बीमाशुल्क आर्जनमा वैदेशिक बीमालेख समावेश गरिएको छैन ।

प्रथम त्रैमासमा पहिलो साउन महिनामा अभिकर्ताहरुले बर्षभरी गरेको कामको उत्सव मनाउने गर्दछ । सो कारण पनि यस महिनामा व्यवसाय देखिदैन । र बाँकि रह्यो तीन महिना भदौ र असोज जस्मा नेपाली महान् चार्डको कारण र सार्वजनिक बिदाको कारण पनि नेपालीहरुमा चाडपर्वको माहोल हावी भएको कारण सोचेको जस्तो व्यवसाय नहुने अभिकर्ताहरु बताँउछन् ।

प्रथम बीमाशुल्क आर्जन

नयाँ बीमितहरु थपिएको कारण प्रथम बीमाशुल्क आर्जन १२ प्रतिशतले वृद्धि भएको छ भने नविकरणमा कतिपय बीमितहरुको बीमा पोलिसी म्याचुअड भएको कारण र कतिले सरेण्डर र कतिले आफनो बीमा पोलिसीको अवधिमा बीमाशुल्क भुक्तानी नगरेको कारण नविकरण बीमाशुल्क आर्जन भने प्रथम त्रैमासमा प्रत्यक्ष प्रभाव देखिएको छ।

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बाहेक ७ अर्ब ५३ करोड रुपैया प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

वैदेशिक रोजगार भने ६१ करोड ८८ लाख रुपैयाँ रहेको छ । वैदेशिक रोजगार सहित भने ८ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

यस अवधिमा सबैभन्दा धेरै सुधार राष्ट्रिय जीवन बीमा कम्पनीको देखिन्छ । कम्पनीले १८५ प्रतिशतले बृद्धि गरेको छ । सबैभन्दा धेरै बीमा शुल्क आर्जन भने नेपाल लाइफको छ ।
नेशनल लाइफको २२ प्रतिशतले वृद्धि देएिको छ भने प्रभु महालक्ष्मी लाइफको २१ प्रतिशतले वृद्धि देखिएको छ।
प्रथम बीमाशुल्क आर्जनमा तीन कम्पनीको व्यवसायमा गिरावट देखिएको छ। रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफको प्रथम बीमाशुल्क भने यस त्रैमासमा घटेको छ।

नविकरण बीमाशुल्क आर्जन

त्यस्तै, प्रथम त्रैमासमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नविकरण बीमा शुल्क भने ३.४० प्रतिशतको गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरुले तीन अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा तीन अर्ब ४० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए । चाडपर्वले गर्दा बृद्धिदरमा केहि प्रभाव परे पनि यसमा सबैभन्दा ठुलो असर सरेण्डरको पनि छ । बढ्दो सरेण्डरले गर्दा नविकरण बीमा शुल्क आर्जनमा प्रत्यक्ष असर गरेको देखिन्छ ।
नविकरण बीमा शुल्क हिमालयन लाइफ, सानिमा रिलायन्स र राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ । सबैभन्दा धेरै सरेण्डर हुने नेपाल लाइफको भने ७.०८ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफ एक्लैले एक अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नविकरणमा नेपाल लाइफ एक्लैको ३० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै दोस्रो धेरै हिस्सा एलआइसी नेपालको १२.३२ प्रतिशत, नेशनलको ११.३८ प्रतिशत र हिमालयन लाइफको ११.१८ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफको ४.१९ प्रतिशतले बढेर १ अर्ब ८५ करोड, एशियन लाइफको ५.९० प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा सिटिजन लाइफको नविकरण बीमा शुल्क १५.६५ प्रतिशतले बढेर १ अर्ब २५ करोड, सानिमा रिलायन्सको १.२४ प्रतिशतले घटेर १ अर्ब १८ करोड, मेट लाइफको ५.३४ प्रतिशतले बढेर १ अर्ब ११ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको ७४ प्रतिशतले घटेर १ अर्ब १ करोड, प्रभु महालक्ष्मीको ९४ करोड ४४ लाख, आइएमई लाइफको १८.२२ प्रतिशतले बढेर ९० करोड, रिलायबल नेपालको २५.७३ प्रतिशतले बढेर ८६ करोड र सन नेपाल लाइफको ७.३७ प्रतिशतले बढेर ६२ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

कुल बीमाशुल्क आर्जन
प्रथम बीमाशुल्कमा सुधार र नविकरण बीमाशुल्क गिरावटको कारण पनि कुल बीमा शुल्क आर्जन ०.६८ प्रतिशतले बढेर ४१ अर्ब ८ करोड पुगेको छ ।
गत वर्षको यहि अवधिमा ४० अर्ब ८० करोड थियो । सबैभन्दा धेरै नेपाल लाइफको ११ अर्ब ९९ करोड छ । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जनको सर्वाधिक धेरै बृद्धिदर भने रिलायबल १९.२७ प्रतिशत रहेको छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्यवसाय वृद्धि गर्ने कम्पनीमा रिलायबल नेपाल लाइफ पहिलो नम्बमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले आफ्नो ब्यवसाय १९.२७ प्रतिशतले वृद्धि गरेको हो ।
कुल बीमा शुल्क वृद्धि गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो ब्यवसाय १६.९९ प्रतिशतले बढाएको हो । साथै, सिटिजन लाइफले पनि १६.१५ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गरेको छ ।
साथै, आइएमई लाइफले १०.३६ प्रतिशत, नेपाल लाइफले ९.५१ प्रतिशत, एशियन लाइफले ८.९८ प्रतिशत, सूर्यज्योति लाइफले ८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ७.७० प्रतिशत, मेट लाइफ नेपालले ५.५२ प्रतिशतले व्यवसाय वृद्धि गराएको छ
यस अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६५ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*