कालोसूचीमा राखिंदै १७ निर्माण कम्पनी, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

१२ कार्तिक २०८१, सोमबार ११:०७

काठमाडौँ । नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूमाथि सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। एक सूचना मार्फत सम्बन्धित पक्षलाई लिखित स्पष्टीकरण मागिएको हो ।

पूर्वमा विभिन्न सार्वजनिक निकायहरूले कालो सूचीमा राख्न सिफारिस गरिएका निर्माण व्यवसायीहरूले हालसम्म सोका सम्बन्धमा कुनै लिखित आधार प्रमाण पेश नगरेको हुँदा स्पष्टीकरण गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) अनुसार, यदि निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूले सूचना प्राप्त भएको मितिदेखि ३० दिनभित्र स्पष्टिकरण प्रस्तुत गर्न नसके, ती व्यवसायीहरूलाई कालो सूचीमा राखिने निर्णय हुनसक्छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले अब पनि लिखित स्पष्टीकरण पेश नगरेमा कानुनी प्रकृयाअनुसार कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*