हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

१२ कार्तिक २०८१, सोमबार १०:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*