कर्पाेरेट डेभलपमेन्ट बैंकको कम्पनी सचिवको जिम्मा कामतीलाई

१२ कार्तिक २०८१, सोमबार ०९:५५

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मा बैंकका नायब प्रबन्धक उदय कुमार कामतीले पाएका छन् ।

यसअघि कम्पनी सचिवको समेत जिम्मेवारी सम्हालेका बैंकका नायब कार्यकारी प्रमुख बिपिन राज पोखरेललाई कात्तिक १२ गतेदेखि लागू हुने गरी अवकाश दिने निर्णय बैंकको सञ्चालक समितिले गरेको छ । यससँगै रिक्त कम्पनी सचिवको जिम्मा कामतीलाई दिने सञ्चालक समितिले निर्णय गरेको हो ।

अवकाश पाएका पोखरेलले बैंकको स्थापना कालदेखि हालसम्म बैंकको प्रगतिमा पुर्याएको योजदानको उच्च कदर गर्दै ससम्मान विदाई कार्यक्रम गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ्गले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*