असोज महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

११ कार्तिक २०८१, आईतवार १७:३४

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँको ब्यवसाय गरेको हुन् ।

जीवन बीमा कम्पनीले असोजमा गरेको ब्यवसाय गत आर्थिक वर्षको असोजको तुलनामा ५.२४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असोजमा बीमा कम्पनीहरुले ११ अर्ब ६७ करोड १७ लाख रुपैयाँ ब्यवसाय गरेका थिए ।

गत वर्ष असोजको तुलनामा यस वर्षअसोज महिनामा ७ जीवन बीमा कम्पनीको ब्यवसाय ओरालो लागेको छ भने ७ कम्पनीले बढाउन सफल भएका हुन् ।

एक महिनामा सर्वाधिक ब्यवसाय गर्ने कम्पनीको नेपाल लाइफ पहिलो नम्बरमा रहेको छ । कम्पनीले असोजमा आफ्नो ब्यवसाय ०.३० प्रतिशतले बढाएर २ अर्ब ९४ करोड रुपैयाँ पुगाएको छ ।

त्यस्तै, नेशनल लाइफको असोजको ब्यवसाय ३.३१ प्रतिशतले बढेर १ अर्ब ३२ करोड, मेट लाइफको ८.१७ प्रतिशतले बढेर ४८ करोड, प्रभु महालक्ष्मीको ५.७३ प्रतिशतले बढेर ३४ करोड, आइएमई लाइफको ४.९६ प्रतिशतले बढेर ३५ करोड, रिलायबल नेपालको १.४५ प्रतिशतले बढेर ३४ करोड र सन नेपाल लाइफको २६.६१ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ पुगेको छ ।

साथै, ७ कम्पनीको ब्यवसाय भने ओरालो लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*