तीन महिनामा जीवन लघुबीमाको ब्यवसाय २२ करोड, कुनको कति ?

११ कार्तिक २०८१, आईतवार १६:४१

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा जीवन लघुबीमा कम्पनीहरुले २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ७ करोड ९७ लाख र लिबर्टी माइक्रो लाइफले ५ करोड ४४ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*