जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनः नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

११ कार्तिक २०८१, आईतवार १६:१८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन वापत साढे ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा प्रथम बीमाशुल्क जर्आन वापत ७ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

प्रथम बीमाशुल्क आर्जनमा बीमा प्राधिकरणको तथ्यांक हेर्दा असोज मसान्तसम्ममा नेपाल लाइफले अग्रस्थान नेपाल लाइफ रहेको छ।

कम्पनीले तीन महिनाको अवधिसम्ममा १ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा १ अर्ब १० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*