जीवन बीमा कम्पनीहरूकाे व्यवसाय बृद्दिदरमा सामान्य सुधार, रिलायबल, नेशनल र सिटिजन व्यवसायिक ग्रोथमा अगाडि(सूची सहित)

११ कार्तिक २०८१, आईतवार १६:५०

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४१ अर्ब १० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ४० अर्ब आठ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त ब्यवसाय ०.६८ प्रतिशतले बढी हो ।

यसअवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफको अग्रताका कायमै रहेको छ । कम्पनीले यसअवधिमा ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल व्यवसाय ९.५१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफले चार अर्ब ९० करोड ५० लाख रुपैयाँ, तेस्रो नम्बरमा एलआइसी नेपालले पनि चार अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले पनि चार अर्ब ३१ करोड १२ लाख रुपैयाँ, पाँचौ नम्बरमा सूर्यज्योतिले दुई अर्ब ४९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

साथै, क्रमशः एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँले दुई अर्ब तीन करोड ६८ लाख रुपैयाँ, सिटिजन लाइफले एक अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ, मेट लाइफ नेपालले एक अर्ब ४४ करोड रुपयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

असोज मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले एक अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले एक अर्ब २४ करोड रुपैयाँ, आइएमई लाइफले एक अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

वृद्धिदरको आधारमा को कति ?

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्यवसाय वृद्धि गर्ने कम्पनीमा रिलायबल नेपाल लाइफ पहिलो नम्बमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले आफ्नो ब्यवसाय १९.२७ प्रतिशतले वृद्धि गरेको हो ।

कुल बीमा शुल्क वृद्धि गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो ब्यवसाय १६.९९ प्रतिशतले बढाएको हो । साथै, सिटिजन लाइफले पनि १६.१५ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गरेको छ ।

साथै, आइएमई लाइफले १०.३६ प्रतिशत, नेपाल लाइफले ९.५१ प्रतिशत, एशियन लाइफले ८.९८ प्रतिशत, सूर्यज्योति लाइफले ८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ७.७० प्रतिशत, मेट लाइफ नेपालले ५.५२ प्रतिशतले व्यवसाय वृद्धि गराएको छ

यस अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६५ प्रतिशतले घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*