पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको ४१ अर्ब कुल बीमाशुल्क संकलन, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
असोज मसान्तसम्मा नेपाल लाइफले अग्रस्थान नेपाल लाइफ रहेको छ। कम्पनीले तीन महिनाको अवधिसम्ममा ११ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, हिमालयन लाइफले यस अवधिसम्ममा ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ, सटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ,आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ, सटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ,आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।