मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गते, के–के छन् एजेण्डा ?

११ कार्तिक २०८१, आईतवार १४:०६

काठमाडौँ । मारूती सिमेन्ट्स लिमिटेडले यस वर्षको ३०औं वार्षिक साधारण सभा कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कात्तिक ११ गतेका लागि तय गरिएको सभा शेयरधनीहरूको कम उपस्थिति रहने प्रक्षेपणका कारण सारिएको हो। कम्पनीको सञ्चालक समितिको कात्तिक ९ गते बसेको बैठकले सो सभा अब कात्तिक २३ गते बिहान ११ः३० बजे विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयलाई टुङ्ग्याइनेछ।

कम्पनीले शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँभन्दा माथिका अनुदानको अनुमोदन गर्ने, विभिन्न बैंकहरूबाट लिएका ऋणलाई स्वीकृत गर्ने लगायतका एजेण्डाहरूलाई पनि सभामा प्रस्तुत गरिनेछ।

मारूती सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरिरहेको छ। यस प्रस्तावलाई गत वर्ष कात्तिक २१ गते सम्पन्न २९औं वार्षिक साधारण सभाले पारित गरिसकेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*