आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

११ कार्तिक २०८१, आईतवार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा हालसम्मकै उच्च बनेको हो ।

आइतबार मात्र सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*