बागमती प्रदेशमा नेशनल लाइफको नयाँ कमिटी गठन, अध्यक्षमा बराल

११ कार्तिक २०८१, आईतवार १०:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेश कमिटी गठन शनिबार काठमाडौंको घण्टाघरस्थित शाखामा सम्पन्न भएको छ । पेशागत बीमा अभिकर्ता संघको आयोजनामा भएको भेलामा २१ सदस्यीय कमिटी गठन भएको हो ।

भेलाको अध्यक्षता उत्तमलाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा छाता संगठनका दीपक अर्याल र क्रान्ति हमाल रहेका थिए । विशिष्ट अतिथि प्रदेश प्रमुख जयराम धिताल र घनश्याम रिमाल तथा विमक संघका अतिथिहरू यतिराज अधिकारी, सुमन श्रेष्ठ, र श्याम श्रेष्ठ थिए ।

भेलापछि नवगठित कमिटीलाई प्रदेश प्रमुख द्वय जयराम धिताल र घनश्याम रिमालले बधाई तथा शुभकामना दिएका थिए ।

नवगठित कमिटीमा दीपक कुमार बराललाई अध्यक्षमा चयन गरिएको छ भने विनोद कोइराला, कविता गौतम, र गोपाल अधिकारी उपाध्यक्ष बनेका छन् । सचिवमा सुमिलोहनी, सहसचिवमा भरतप्रसाद दुलाल, पासाङ लामा र सिर्जना महर्जन र कोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् ।

अन्य सदस्यहरूमा रोशन यादव, विष्णुप्रसाद लामिछाने, सुनिता डंगोल, पूर्णकुमार श्रेष्ठ, आशा श्रेष्ठ, गोपी तामाङ, प्रजल राई, कमल श्रेष्ठ, कृष्णबहादुर तामाङ, र रुपेश कुमार जिम्बा छन् ।

नवनिर्वाचित अध्यक्ष दीपक कुमार बरालले नयाँ समिति गठनपश्चात् बागमती प्रदेश अन्तर्गतका शाखाहरूमा छिट्टै शाखा कमिटी गठन गरी संगठनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*