आफूखुसी गैरहाजिर १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

११ कार्तिक २०८१, आईतवार ०८:१५

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न मितिबाट आफूखुसी गैरहाजिर रहेका १२ जना प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै स्पष्टीकरण सहित हाजिर हुन भनेको हो ।

सूचनामा बाटोको म्यादबाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली बमोजिम सेवाबाटै हटाएर कारवाही गरिने चेतावनी दिइएको छ ।

यसरी गैरहाजिर हुनेमा प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी सहायक हवल्दार, प्रहरी जवान, नलम्बित प्रहरी जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*