इरानमाथि इजरायलद्वारा भिषण सैन्य आक्रमण, मध्यपूर्वमा युद्द थप चर्किने

१० कार्तिक २०८१, शनिबार ०५:५७

काठमाडौं । इजरायलद्वारा इरानको राजधानी तेहरानसहितका मुख्य शहरहरुमा ठूला बिस्फोटसहितको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली सञ्चार माध्यम टाईम्स अफ इजरायलले त्यहाँको सेनाको हवाला दिँदै इरानमाथि सैन्य कारवाही गरिएको पुष्टि गरेको उल्लेख गरेको छ ।

त्यस्तै, एएफपीले पनि इरानको राजधानी तेहरानसहितका शहरहरुमा शनिबार विहान नहुँदै भिषण बिस्फोटको आवाज सुनिएको र क्षतिको विवरण प्राप्त भइनसकेको उल्लेख गरेको छ ।

इरानको राजधानी तेहरानमा कम्तीमा सात वटा बिस्फोटको आवाज सुनिएका छन् ।
उता, इरानमाथि आक्रमण गरेमा तत्कालै जवाफ फर्काउने घोषणा गरेको इरानले प्रतिरक्षा प्रणाली र प्रत्याक्रमण प्रणाली दुवै सक्रिय गरिएको जनाएको अल जजिराले जनाएको छ ।

इरानमाथि इजरायलले यसअघि इरानले इजरायलमाथि गरेको सैन्य आक्रमणको बदला स्वरुप नयाँ सैन्य आक्रमण गरेको दावी गरेको छ । मध्यपूर्वको शक्तिशाली देश इरानमाथि इजरायलले सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा शान्ति भत्किने खतरा बढेको छ ।

अमेरिकी विदेशमन्त्री स्टोनी ब्लिङकनले यसै साता इजरायलको भ्रमण गरी इरान र हिजबुल्लासँग सम्बन्ध नबिगार्न चेतावनी दिएर फर्केका थिए ।

पछिल्लो समय इजरायले हमाससँग युद्ध लडिरहेको छ । त्यसैमा हिजबुल्ला मिसिन पुगेको छ भने इराक, यमन र सिरियामा रहेका मुशलमान समुहसँग पनि युद्ध लड्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*