अपि पावर र रुरु जलविद्युतको साधारणसभा आज, लाभांश पारित गरिने

११ कार्तिक २०८१, आईतवार ०६:२०

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडको साधारणसभा आज कात्तिक ११ गते बस्दैछ । दुवै कम्पनीले लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरू पारित गर्न सभा बस्न लागेका हुन् ।

अपि पावर
यस कम्पनीको एक्काइसौं वार्षिक साधारणसभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभाले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो जसलाई विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।

यसको अलावा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न कम्पनीमा लगानी तथा आयोजना निर्माण गर्ने र १ जना महिला र १ स्वतन्त्र समेत गरी ५ जना सञ्चालको नियुक्ति गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते बुक क्लोज गरिसकेको छ ।

रुरु जलविद्युत
यस कम्पनीको उन्नाइसौं वार्षिक साधारणसभा नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभाले आव २०८०।८१ को मुनाफा तथा संचित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै बोनस शेयर जारीपछि कायम हुने चुक्ता पूँजीको १ः०.८० अुनपातमा हकप्रद शेयर जारी गर्ने, आव २०८०।८१ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*