मध्य भोटेकोशीको ‘लक इन’ भोलिबाट सकिँदै

१० कार्तिक २०८१, शनिबार ०८:५०

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ भोलि कात्तिक ११ गतेबाट सकिँदैछ ।

कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनीतर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता शेयर ३ वर्षका लागि ‘लक इन’ मा थियो ।

साथै कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*