२२ हाइड्रोपावरको शेयर मूल्य ३०० रुपैयाँ मुनि, अन्य कुन कम्पनीको कति ?(सूचीसहित)

९ कार्तिक २०८१, शुक्रबार १५:५७

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार राताम्य भयो । बजार दोहोरो अकंले घटेसँगै १२ उपसूचक राताम्य हुँदा हाइड्रोपावरमा सुधार देखियो ।

शुक्रबार हाइड्रोपावर समूहको शेयर ११.६५ अकं (०.३६ प्रतिशत) ले बढेर ३२१२.९२ बिन्दुमा कायम भएको छ । यसदिन ४१ कम्पनीको शेयर मूल्यमा सुधार आउँदा ४४ कम्पनीको घटेको हो ।

२२ हाइड्रोपावरको शेयर मूल्य ३०० रुपैयाँ मुनि रहेको छ । हाल कारोबार भइरहेका ९१ कम्पनी मध्य ६९ कम्पनीको मूल्य ३०० रुपैयाँ माथि रहेको छ ।

सर्वाधिक शेयर मूल्य बढाउने कम्पनीमा पिपुल्स हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर मूल्य ७.८८ प्रतिशतले बढेर ५०८ रुपैयाँ पुगेको छ । साथै, माथिल्लो मैलुङ्ग खोलाको ५.२४ प्रतिशतले बढेर ५७२ रुपैयाँ, शाहस उर्जाको ५.१७ प्रतिशतले बढेर ५३१ रुपैयाँ पुगेकोछ ।

शुक्रबार रावा इनर्जीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयर प्रतिकित्ता ८८.८ प्रतिशतले घटेर ७९९ रुपैयाँ पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*