सिनर्जी पावर डेभलपमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१८ भाद्र २०७८, शुक्रबार १८:३७

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।

कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*