अर्घाखाँचीमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम

९ कार्तिक २०८१, शुक्रबार १३:३१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सको अवसरमा बीमा साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ४ अमराईस्थित उद्योग वाणिज्य संघको सभाहलमा बीमा साक्षरता कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर प्रमुख, वडा अध्यक्षहरू, प्याब्सन अर्घाखाँची अध्यक्ष, उद्योग वाणिज्य संघ शितगंगा अध्यक्ष, नगर कार्ययालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय, बुद्धिजिबी, समाजसेवी, व्यापारी, प्रधानाध्यापक देखि शिक्षकहरू र विभिन्न संघसंस्थाका कर्मचारीहरू तथा अन्य गरी ८५ जनाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले बीमाको महत्व र आवश्यकता प्रति गहिरो चासो र उत्साह देखाएको कम्पनीले जनाएको छ ।

कार्यक्रम मार्फत् स्थानीय स्तरमा बीमाको महत्व र फाइदाबारे स्पष्ट पारिएको कम्पनीले बताएको छ । यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय सुरक्षा, आर्थिक सशक्तीकरण र दीर्घकालीन सुरक्षित भविष्य निर्माणमा बीमाको भूमिकाबारे जागरुकता फैलिने विश्वास कम्पनीले लिएको छ ।

कार्यक्रम सिटिजन लाइफ इन्स्योरेन्स, क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको र अर्घाखाँची शाखा प्रमुख नारायण जि.सी. को प्रशिक्षणमा संचालन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*