अध्यक्ष ढकालद्वारा अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

९ कार्तिक २०८१, शुक्रबार ११:५७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने ढकालको भनाइ रहेको छ । उनले नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । उनले नेपालमा उत्पादन गरि यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण गराए ।

यसैगरि भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।

नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको वताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*