नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

९ कार्तिक २०८१, शुक्रबार ११:०७

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*