एस.के इनर्जीले आईपीओ निष्कासन गर्ने

९ कार्तिक २०८१, शुक्रबार १०:४३

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित मंसिर २ गते आइतबार साधारणसभा बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाबाट सार्वजनिक निष्कासन (आईपीओ) मार्फत शेयर बिक्री गर्ने, पूँजी संरचना परिवर्तन गर्ने र कर्जा सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने योजना कम्पनीले बनाएको छ ।

यसका साथै सञ्चालक समितिको प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*