एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने

९ कार्तिक २०८१, शुक्रबार १०:४२

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो ।

सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ । निकट भविष्यमा आइपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०(०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*