माछापुच्छ्रे क्यापिटलको संस्थापक शेयर बिक्रीमा

९ कार्तिक २०८१, शुक्रबार १०:३४

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर क्यापिटलका संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउँछन् । इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीले खरीदका लागि आवेदन नदिएमा सर्वसाधारणमा बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*