माई खोला हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

९ कार्तिक २०८१, शुक्रबार ०९:२३

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गर्ने भएका छ । तसर्थ, कात्तिक २८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*