वित्तीय सूचकमा बलियो बन्दै हिमालयन लघुवित्त, नाफा १४३ प्रतिशतले बढ्दा ईपीएस कति ?

९ कार्तिक २०८१, शुक्रबार ०८:२४

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय सूचांकहरुमा बलियो बन्दै गैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तका खुद नाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा १४३ प्रतिशतले बढाएर एक करोड ३४ लाख रुपैयाँ पुगाउँन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ।

लघुवित्तको इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षँ अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*