बलेफि हाईड्रोपावरले हकप्रद निष्कासनका लागि गर्‍यो बुक क्लोजको मिति तय

९ कार्तिक २०८१, शुक्रबार ०७:५७

काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्द सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*