सगरमाथा जलविद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा

९ कार्तिक २०८१, शुक्रबार ०७:४०

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीकोको ४.७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगदसहित कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैंठकले सो निर्णय गरेको छ । आउदो वार्षिक साधारण सभा र विद्युत नियमन आयोगले स्वीकृत गरेपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*