थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि

१८ भाद्र २०७८, शुक्रबार १७:१५

काठमाडौं । आज थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ९ हजार ७७३ जनाको पीसीआर तथा ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

आज देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*