१७० कम्पनीको शेयरमूल्य बन्यो राताम्मे, कसरी घट्यो नेप्से ?

८ कार्तिक २०८१, बिहीबार १५:१५

काठमाडौँ । सरकारप्रतिको असन्तुष्टिले पछिल्लो समय शेयर बजारले ओरालो यात्रा तय गरेको छ । यो साताको अन्तिम कारोबारको दिन पनि नेप्से परिसूचक १८.२५ अंकले घट्न पुगेको छ ।

शेयर बजार घटेसँगै बिहीबार १७० वटा कम्पनीको शेयरमूल्य घटेको छ । जसमा रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट नै लागेको छ ।

साथै, एनआइबिएल समृद्धि फाइनान्स फण्ड २, कर्पोरेट डेभलपमेन्ट बैंक, गूडविल फाइनान्स, सुपरमाइ हाइड्रोपावर लगायतका कम्पनीले सबैभन्दा बढी गुमाएका छन् ।

शेयर बजार बढ्दा मात्र जस लिन खप्पिस ओली नेतृत्वको सरकारले पूँजी बजारलाई दिगो रुपमा चलायमान बनाउने कुनै पनि निर्णय हालसम्म गरेको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*