नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाद्वारा शपथ ग्रहण

८ कार्तिक २०८१, बिहीबार १३:२८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज कात्तिक ८ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायतका पदाधिकारीहरूको उपस्थित थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*