आफ्नो जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

८ कार्तिक २०८१, बिहीबार १२:३४

काठमाडौं । बद्लिदो परिवेशसँगै पछिल्लो समय जन्मोत्सव, विवाह, व्रतबन्ध, वर्षगाँठ लगायतका उत्सव र चाँडपर्व मनाउने शैलीमा सकारात्मक परिवर्तन देखिन थालेको छ । उपहारको नाममा महंगो सामग्री र क्षणिक रमाईलोका लागि लाखौं खर्च गर्नुको सट्टा भविष्यको सुरक्षा र बचतलाई मध्यनजर गर्दै बीमा पोलिसी उपहार दिने प्रवृत्तिको विकास भइरहेको छ ।

बीमा पोलिसी एकले अर्कालाई दिने उपहार मात्रै नभएर खुसी र स्नेह साटासाटको एउटा माध्यम बन्न पुगेको छ । यसैको थप एउटा उदाहरणस्वरूप काभ्रे दोलालघाट निवासी हेमादेवी श्रेष्ठले आफ्नो जन्मादिनको अवसर पारेर छोरी एनिषा श्रेष्ठलाई बीमा पोलिसी उपहार दिएकी छन् । श्रीमती हेमादेवीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एजेन्सी मेनेजर समेत रहेका आफ्ना पति अष्टबहादुर श्रेष्ठको सहयोगमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

छोरीलाई दिइएको यो बीमा पोलिसी उपहार ममतामयी हृदयको चिन्ह मात्र नभएर एक जिम्मेवार अभिभावकको सोचको प्रतिबिम्ब समेत हो । यस्तो उपहारले आजको समयमा छोराछोरीको उज्वल भविष्यको सुरक्षा गर्दै जीवनमा आइपर्न सक्ने अप्र्रत्यासित चुनौतीको सामना गर्न थप सशक्त बनाउने भएकाले बीमा पोलिसी उपहारलाई जोड दिइएको श्रेष्ठ दम्पत्तिको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*