निरन्तर रेकर्ड बनाइरहेको सुनको मूल्यमा गिरावट

८ कार्तिक २०८१, बिहीबार ११:४९

काठमाडौं । केही समययता नेपाली बजारमा दैनिकजसो रेकर्ड बनाइरहेको सुनको मूल्यमा बिहीबार गिरावट देखिएको छ । आज सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस दिन सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा सुनले बनाएको सबैभन्दा उच्च मूल्य हो । हालैका दिनहरूमा निरन्तर उच्च मूल्यमा कारोबार भएको सुनको दर आज केही घटेको भएता पनि अझैपनि यसको मूल्य उच्च स्तरमै कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*