आइएमई लाइफमा शाखा र उपशाखा प्रबन्धक माग

८ कार्तिक २०८१, बिहीबार १०:१६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच वटा प्रदेशमा शाखा र उपशाखा प्रबन्धक माग गरेको छ । कम्पनीले लुम्बिनी, बाग्मती, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका विभिन्न शाखा तथा उपशाखाका लागि प्रबन्धक माग गरेको हो ।

आवेदन दिनका लागि कम्तीमा स्नातक डिग्री गरेको, उमेर २३ वर्षदेखि ३५ वर्षको बीचमा रहेको, कम्प्यूटर सम्बन्धी उत्कृष्ट ज्ञान भएको र कार्यालयीक र प्रशासनिक काम राम्रोसँग जानेको हुनुपर्नेछ । सम्बन्धित क्षेत्रको बिक्री व्यवस्थापन र बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएकाले प्राथमिकता पाउनेछन् ।

प्रबन्धकहरूको मुख्य जिम्मेवारी संगठनलाई विकसित र सुध्रिढ बनाउनु, एजेन्टहरूको नेतृत्व र विकास गर्दै लक्ष्य प्राप्तिमा मद्दत गर्नु लगायतका कार्यहरू हुने कम्पनीले जनाएको छ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको इमेल ठेगाना मार्फत कात्तिक २६ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*