विरामीको मृत्युपछि पाँच करोड क्षतिपूर्ति माग्दै मेडिसिटी हस्पिटलविरुद्ध पर्‍यो मुद्दा

८ कार्तिक २०८१, बिहीबार १०:१६

काठमाडौं । मुटुको उपचार र मिर्गौलाको डायलासिसका लागि अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु भएपछि ललितपुरको भैंसेँपाटीस्थित नेपाल मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर भएको छ ।

अमेरिका बसोबास गर्ने ज्ञानप्रसाद रिमाल नेपाल आएका बेला मुटुको चाल विग्रिएपछि मेडिसिटीमा भर्ना भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि मृतकका परिवारले पाँच करोड रुपियाँ क्षतिपूर्ति माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

असोज १ गते अस्पताल भर्ना भएका ज्ञानप्रसादको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै छोरा प्रताप रिमालले पाँच करोड क्षतिपूर्तिसहित रिट हालेको बताइएको छ ।

प्रतापले बुबाको मृत्युको विषयमा नेपाल मेडिकल काउन्सिलमा समेत छानबिनका लागि उजुरी दिएको बताएका छन् । काउन्सिलका प्रवक्ता डा. सतिशकुमार देवले समेत उजुरी परेको पुष्टि गरेका छन् ।

रिमालले चिकित्सकको लापरबाहीले आफ्ना बुबाको मृत्यु भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल समेतलाई भेटेर जानकारी गराएका छन् । अस्पतालले भने विरामीको अवस्था क्रिटिकल रहेको तथा मुटु मिर्गौला दुबैको उपचार एकैसाथ गर्नुपर्दा विरामीको मृत्यु भएको प्रतिक्रिया दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*