युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ श्रवण रावलको हृदयघातबाट निधन

८ कार्तिक २०८१, बिहीबार ०८:०५

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण रावलको गएराति दुःखद निधन भएको छ । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा भाग लिएर राम्रैसँग घर फर्केका सिईओ रावललाई गएराति एक्कासी हृदयघात भएको जनाइएको छ ।

एक्कासी असहज भएपछि नजिकै रहेको नागरिक अस्पताल पुर्याइएको र उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि परम्परा अनुसार सम्भवतः भोलि हुनेछ ।

बीमा क्षेत्रमा लामो समय बिताएका रावलको ६१ वर्षको उमेरमा निधन भएको हो । यसअघि प्रुडेन्सियलमा सिईओ रहेका रावल मर्जरपछि राजिनामा गरेर युनाईटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सिईओ पदमा नियुक्त भएका थिए । यसअघि तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ भएर काम गरेका रावल मार्केटिङ र परिचालनमा राम्रो ज्ञान भएका बीमा प्रशासक मानिन्थे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*