मनकामना केबुलकार भदौ २० गते पुनः संचालनमा आउने

१८ भाद्र २०७८, शुक्रबार १४:५३

कोरोना भाइरसको दोस्रो लहरका कारण बन्द भएको मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*