समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन: एकैदिन बाह्र प्रमुख सत्रमा छलफल

७ कार्तिक २०८१, बुधबार १८:५३

काठमाडौं। समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ को तेस्रो दिनमा बाह्रवटा प्रमुख सत्रमा छलफल हुँदै आजको सेसन समापन भएको छ ।

सम्मेलनको तेस्रो दिन म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा पाँच सय भन्दा बढि बीमा बिज्ञ तथा प्रतिनिधिहरु सहभागिता रहेको छ ।

सेवाविहीन जनसंख्याका लागि बीमा पहुँच विस्तार गर्नेदेखि बीमामा नाफा र ग्राहक मूल्य सन्तुलनका लागि रणनीतिहरू हाइलाइट विषयमा छलफल गरिएको थियो ।

मुख्य सत्रले समावेशी बीमामा नाफा र ग्राहक मूल्य सन्तुलनका लागि रणनीति, साना कृषकहरूको लागि प्यारामेट्रिक बीमाको साथ चुनौती र वास्तविक दाबी भुक्तानीको बिषयमा छलफल भएको थियो ।

सम्मेलनले बीमा मार्फत महिला सशक्तिकरणमा पनि ध्यान केन्द्रित गरिएको थियो । कार्यक्रममा सूचकांक–आधारित पशुधन बीमामा प्रस्तुत अनुसन्धानले अफ्रिकाको हर्नमा पास्टरल समुदायहरूका लागि यसको दीर्घकालीन फाइदाहरू चित्रण समेत गरिएको थियो ।

 

समावेशी बीमा नवाचार प्रयोगशाला भित्र सहयोगी छलफलमा संलग्न सहभागीहरूबीच गरिएको थियो र कम आय जनसांख्यिकी सेवामा उनीहरूको प्रभावकारिताको लागि पारस्परिक बीमा मोडेलहरूबीच बहस गरिएको थियो ।

स्टार्टअपहरूले साझेदारी र कोष खोज्दै आफ्नो समावेशी बीमा परियोजनाहरू पनि प्रस्तुत गरेका थिए ।

शुक्रबार सम्म जारी रहँदा, यी सत्रहरूले विश्वव्यापी वित्तीय लचिलोपन र सामाजिक विकासलाई बढावा दिन समावेशी बीमाको सम्भावनालाई जोड दिने मुख्य एजेण्डा रहेको छ।

पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल हुने भएको छ ।

सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच बहस गरिएको थियो ।

सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरू पनि प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ ।

समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*