प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

७ कार्तिक २०८१, बुधबार १६:४०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन भएसँगै व्यवसायीको आत्मविश्वास र तहसनहस भएको अर्थतन्त्र लयमा आएको समेत बताए ।

साथै उनले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*