छोराछोरी मिलेर आमाबुवालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

७ कार्तिक २०८१, बुधबार १६:१३

काठमाडौं । बद्लिदो समयसँगै मानिसहरुको सोचमा पनि परिवर्तन आइरहेको छ । कुनै समय विभिन्न महंगा समानहरु उपहार दिने प्रचलन विस्तारै हराउँदै गएको छ ।

महंगा उपहार र फजुल खर्चको सट्टा भविष्यका लागि अपरिहार्य बीमा पोलिसी योजना उपहार स्वरूप दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको देखिन्छ ।

यसैक्रममा, हंगकंग बस्ने २ छोरीहरु र जापान बस्ने छोरा मिली गैडाकोट–९, थुम्सी, नवलपरासी निवासी बुबा मान बहादुर दर्लामी मगर र आमा दिल माया दर्लामी मगरलाई रिलायबल नेपाल लाइफको रिलायबल सुलभ जीवन बीमा खरिद गरि उपहार दिएका छन् ।

अभिकर्ता सगुन श्रेष्ठले उनीहरुलाई जीवन बीमा गराएका छन् । हाकिम चोक शाखाबाट खरिद गरिएको बीमालेख हाकिम चोक शाखा मार्केटिंग प्रमुख सुरेन्द्र गिरीको उपस्थितिमा बीमितहरुको घरमै हस्तान्तरण गएर हस्तान्तरण गरिएको छ ।

हाकिम चोक शाखा मार्केटिंग प्रमुख सुरेन्द्र गिरीले बीमाको महत्व र आवश्यकताको बारेमा प्रस्ट पारेका थिए । साथै बीमित दम्पतिले सबैलाई जीवन बीमा गर्न आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*