४० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स

१८ भाद्र २०७८, शुक्रबार १३:१४

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।कम्पनीले हकप्रद जारी गर्न बीमा समितिबाट स्वीकृती पाईसकेको छ। यसअघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै हकप्रद जारी गर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*