नेप्से २० अंकले घट्दा पनि बढ्यो कारोबार रकम, कस्तो होला अबको यात्रा ?

७ कार्तिक २०८१, बुधबार १५:०९

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका ३२४ वटा कम्पनीको एक करोड ५७ लाख ४२ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबारको तुलनामा शेयर बजार घटेतापनि कारोबार रकम भने बढेको छ ।

आज फाइनान्स र ट्रेडिङ इन्डेक्स मात्र वृद्धि भएको छ । यी बाहेक अन्य सबै इन्डेक्सहरु राताम्मे बनेका छन् । बुधबार ७६ वटा कम्पनीको शेयरमूल्य बृद्धि हुदाँ १५५ वटाको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*