नेपाली सेनामा ४ हजारलाई सैन्य पदमा रोजगारी

१८ भाद्र २०७८, शुक्रबार १३:२७

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न सैन्य पदहरुमा ४ हजार जनालाई लागि रोजगारी खुलाएको छ ।

सेनाले खुलातर्फ २ हजार ९६, कर्तब्य पालकको बेला अशक्त वा मूत्यु भएका सेनाका सन्नति १०८, महिला ३६०, आदिवासी जनजाती ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गर्न लागेको हो । जसका लागि आठ कक्षा उतिर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

इच्छुक योग्यता पुुगेका १८ बर्ष पूरा भई २२ बर्ष ननाघेका व्यक्तिले असोज २४ गतेसम्म आवेदन दिन सक्ने नेपाली सेनाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*