वित्तीय सूचकमा बलियो बन्दै कुमारी बैंक, नाफा र ईपीएससहितका वित्तीय सूचक उल्लेख्य वृद्धि

७ कार्तिक २०८१, बुधबार १४:००

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना नाफासहितका अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३०८.५० प्रतिशतले धेरै हो । गत वर्ष यसले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कुमारी बैंकको खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ३ अर्ब ४ करोड थियो । बैंकले आफ्नो कर्जालाई सहि तरिकाले परिचालन गरिहेको छ । जसको कारणले बैंकको ब्याज आम्दानीमा वृद्धि भएको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । यता, सञ्चालन नाफा २५४ प्रतिशत बढेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*