पहिलो त्रैमासमा सिटिजन्स बैंकको वित्तीय अवस्था कस्तो?

७ कार्तिक २०८१, बुधबार १३:१०

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा बैंकको मुनाफा ५० प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.५६% ले बढेको छ । यता, असोज मसान्तसम्म यस बैंकको खराब कर्जा बढेर ५.४१६% पुगेको छ । गत वर्ष यसै अवधिमा भने खराब कर्जा ३.९७% रहेको थियो ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ  १५३ रुपैयाँ ६२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*