काठमाडौँ महानगरले माग्यो १०८ जना कर्मचारी

७ कार्तिक २०८१, बुधबार १२:२५

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न पदहरूमा १०८ जना करार कर्मचारीको माग गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदका लागि करारमा कर्मचारीहरू आवश्यक भएको जानकारी दिएको हो।

महानगरले लोकसेवा आयोगबाट सिफारिस भएर कर्मचारी नआउँदासम्मका लागि आगामी असार मसान्तसम्म करारमा कर्मचारी नियुक्त गर्न लागेको हो। यसअनुसार, अस्थायी रूपमा काम गर्न इच्छुकहरूलाई आवेदन दिन आह्वान गरिएको छ।

महानगरपालिकाले आठौं तहको मेडिकल अधिकृत पदमा ४ जना, पाँचौं तहमा ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना र स्टाफ नर्स ५ जना माग गरेको छ। यस्तै, पाँचौं तहकै फार्मेसी सहायकका लागि १० जना, रेडियोग्राफर र तथ्यांक सहायकका लागि १/१ जना र श्रेणीविहीन कार्यालय सहयोगीका लागि २६ जनाको माग गरिएको छ।

यो अवसरले अस्थायी रूपमा महानगरको स्वास्थ्य र अन्य सेवामा योगदान गर्न इच्छुक व्यक्तिहरूलाई रोजगारीको मौका दिनेछ। करार अवधिमा प्रदान गरिने तलब तथा सुविधा भने महानगरपालिकाको नियमअनुसार हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*